प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणतर्फ सरकारले सफलता पाइरहेको बताएका छन्।
शुक्रबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारले खोपमा प्राथमिकता दिएकै कारण कोरोनाको संक्रमण पछिल्लो समय घटेको बताएका हुन्।
उनले कोरोनाको उच्च जोखिमबाट कतिपय देशहरूले नेपाललाई हटाएर भिसा दिन थालेको बताए।
‘बेलायत लगायतका देशहरूले नेपालले कोरोना कन्ट्रोल गर्या हुनाले भिसा दिने भैसके,’ उनले भने।
देउवाले आगामी वैशाखसम्म सबै नेपालीलाई भ्याक्सिन दिने दाबी गरे।