बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा सम्बोधन गरेकी छन्।
आज बसेको प्रदेश सभा बैठकमा उनले प्रदेश सरकारले गरेका कामकारबाहीबारे जानकारी गराएकी छिन्।
मुख्यमन्त्री शाक्यले विश्वासको मत समेत मागेकी छन्। नेकपा एमालेकी नेतासमेत रहेकी शाक्य मुख्यमन्त्री भए पनि अल्पमतमा परेकी छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत दलले गठबन्धनबाट नयाँ मुख्यमन्त्री बनाउने तयारी गरिरहेका छन्।
अहिले प्रदेश सभामा रहेका विभिन्न पार्टीका संसदीय दलका नेताहरूले बोलिरहेका छन्।
भिडिओ: