नेपाल तरूण दलले बाढीपहिरो प्रभावितलाई उद्धारका लागि जुट्न निर्देशन दिएको छ।
अध्यक्ष जितजंग बस्नेतले आज जिल्ला अध्यक्षहरूलाई परिपत्र गर्दै उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका हुन्।
उनले स्थानीय तह तथा प्रशासनसँग समन्वय गर्दै बाढीपहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका छन्।
‘आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरूलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दल जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा इकाई समिति एवं स्थानीय तहका सम्पूर्ण तरुण साथीहरुलाई तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ,’ उनले भनेका छन्।
गत शनिबारदेखि परेको पानीले देशका विभिन्न जिल्लामा जनधनको क्षति भएको छ।