परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी भएको छ।
उनीहरूबीच मंगलबार करिब एक घन्टा टेलिफोनमा कुराकानी भएको हो।
मन्त्री खड्का र विदेशमन्त्री यीबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री वाङले २० लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।