गृहमन्त्री बालकृष्ण खाणले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई अस्पताल पुगेर भेटेका छन्।
गत आइतबार बिहानदेखि वैद्य थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्।
उनलाई दमलगायत समस्या देखिएको छ।
गृहमन्त्री खाणले मंगलबार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको खाणको सचिवालयले जानकारी दिएको छ।
वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन्।