गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरूङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए।
यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको थियो। मुख्यमन्त्री पोखरेलले मन्त्रीको सपथ लिन बोलाए पनि सपथ ग्रहणमा भने डोवाटेको ठाउँमा व्यवसायी सांसद विन्दुकुमार थापालाई सपथ खुवाइएको थियो।
दलित सांसदलाई सपथ ग्रहण समारोहमा बोलाएर नाम काट्ने र व्यवसायीलाई मन्त्री नियुक्त गरेको भन्दै त्यतिबेला गठबन्धन सरकारको आलोचना भएको थियो। सांसद डोवाटेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो।
यो पनि:
मन्त्रीको सपथ खान जाँदा बाटैमा छुटाइएका डोवाटेको कथा