लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।
प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई एक-एक लाख रुपैयाँ दिने निर्णय गरेका हुन्।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो।
मुख्यमन्त्री केसीले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन दिएका छन्। उनले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल बनाउन निर्देशन दिएका हुन्।
सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले यस्तो निर्देशन दिएका हुन्।
यसैगरी दुबै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि मुख्यमन्त्री केसीले बताएका छन्।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना संवेदनशील भएकोले आगामी दिनको लागि सतर्क हुन र सबैलाई संवेदनशील बन्न आग्रह गरेका छन्।