प्रधानन्यायाधीशले मन्त्रीमा भाग खोजेको कुरामा सत्यता नभएको सरकारले प्रष्टाएको छ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशलाई सरकारमा भाग दिने कुरामा सत्यता नभएको बताए।
‘प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने कुरा उहाँले संसदमा बोल्ने क्रममा उल्लेख गर्नुभएको छ,’ सांसद सुवाललाई जवाफ दिँदै मन्त्री कार्कीले भने, ‘यसमा कुनै सत्यता छैन। यसकिसिमको भ्रममा नपर्न म माननियलाई आग्रह गर्छु।’
सांसद सुवालले प्रधानन्यायाधीशले सरकारमा दुई मन्त्री मागेको कुरा उल्लेख गर्दै जवाफ माग गरेका थिए।