नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन्। एमाले छोडेर उनी नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएका छन्।
बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा स्वागत गरेका छन्।
एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै जोशी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।
नेकपा एमालेमा अन्तरसंघर्ष भएको बेला नेपाल समूहमा रहेका जोशी अन्तिम समयमा एमालेमै रहेका थिए।
१० बुँदे सहमति कार्यान्वयन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिबद्धतासँगै जोशी एमालेमै रहेका थिए।
१० बुँदे कार्यान्वयन नहुने भन्दै उनी एकीकृत समाजवादीमा आवद्ध भएका हुन्।
जोशी पार्टीमा आवद्ध हुन्छन् कि भन्ने अपेक्षासहित एकीकृत समाजवादीले केही समय सुदूरपश्चिमको इन्चार्जका लागि ठाउँसमेत खाली राखेको थियो।