नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियुले कालापानी लिपुलेक लिम्पियाधुरा आसपासका गाउँहरूको समेत जनगणना गर्न माग गरेको छ।
अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्सामा समेटिएको सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने महाकाली पारिका गाउँमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको भन्दै आपत्ति समेत जनाएको छ।
गत वर्ष सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा सार्वजनिक गरेको थियो। ती क्षेत्रमा पर्ने नाभी, कुटी र गुञ्जी लगायतका गाउँमा २०१८ यता जनगणना भएको छैन।
ती क्षेत्रमा भारतीय भूमि हुँदै जानुपर्ने र भारतीय सुरक्षाकर्मीको अवरोध हुने हुँदा ती गाउँमा २०१८ सालयता जनगणना हुन नसकेको हो।