नीलकाजी शाक्य नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्।
शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका हुन्। शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९ मत ल्याएका छन्।
सभापति बिजयी भएका शाक्य काठमाडौ महानगर वडा नम्बर २५ को वडाध्यक्ष पनि हुन्। उनी प्रकाशमान सिंह-गगन थापा निकट हुन्।
रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो।
महानगरमा सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ।
शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन्।
यस्तै सचिवमा ८५३ मतसहित सुशन वैद्य र ७५९ मतसहित पुरूषोत्तम खकुरेल विजयी भए। यस्तै सहसचिवमा विमला लामिछाने ८३१ मत र अमृत मानन्धर ७७२ मत पाएर निर्वाचित भएका छन्।