नेकपा एमालेका विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले ‘विधान संशोधन प्रस्ताव’ पेश गरेका छन्।
राजधानीमा शुक्रबारदेखि सुरू भएको एमालेको प्रथम विधान महाधिवेशनका क्रममा पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन्।
पौडेलले पेश गरेको प्रस्तावमा पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहदुलीय जनवादले पार्टीलाई सिद्धान्त, कार्यक्रम, नीति र विधि निर्माणका साथै समग्र पार्टी निर्माणमा समेत मार्गदर्शन गर्ने उल्लेख गरिएको छ।
यस्तै समृद्धि, समाजिक न्याय र समाजवादमा पुग्ने कार्यक्रमसमेत उनले प्रतिवेदनमा राखेका छन्। विधान संशोधन प्रस्तावको पूर्णपाठ हेर्नुहोस्ः