जसपा बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन्। उनले बिहीबार लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यसहित सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका हुन्।
उनले राजीनामा–पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु।’
नागरिक समाजवादी पार्टीका अध्यक्षसमते रहिसकेका लेखीले तत्कालीन राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीसँग एकता गरेका थिए। पछि राजपा हुँदै जनता समाजवादी पार्टीमा उनी समाहित भएका थिए।