राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन्।
आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि यी विधेयक पेश भएका थिए।
राष्ट्रपतिबाट यी दुई विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आवश्यक ऋण तथा नयाँ कर उठाउनका लागि बाटो खुलेको छ।