नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत कालिकोटका सबै स्थानीय तहहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
जिल्लाका ९ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए।
उनकाअनुसार तिलागुफा नगरपालिकामा धिरेन्द्र थापा, खाँडाचक्र नगरपालिकामा भानुभक्त शर्मा आचार्य, रास्कोट नगरपालिकामा वीर फर्साल, पालाता गाउँपालिकामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल सभापति चयन भएका छन्।
यस्तै सानी त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, बहाबै गाउँपालिकामा पुराधी अधिकारी र शुभकालिका गाउँपालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन्।