नेकपा माओवादी (केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले गुटबन्दी नगर्न र त्यसमा पार्टी नेतालाई सहभागि नगराउन भातृ संगठनहरुलाई आग्रह गरेका छन्।
सोमबार भक्तपुरको सल्लाघारीमा सम्पन्न अखिल (क्रान्तिकारी) को वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा नेता श्रेष्ठले भातृ संगठनहरू रचनात्मक र सरल बन्नुपर्ने बताएका हुन्।
‘तपाईंहरू बढी सहज ,सरल र रचनात्क बन्नुहोस्, खेल खेल्नुहोस् र फिल्म हेर्नुहोस् यसले रचनात्मक बनाउन मद्दत गर्छ,' श्रेष्ठले भने, ‘शैक्षिक र राजनितीका अलावा राष्ट्रियताको मुद्दा पनि विद्यार्थी संगठनको महत्वपूर्ण मुद्दा बन्नुपर्छ। लिपुलेकको समस्याबारेबारे अखिल क्रान्तीकारी लगायतका भातृ संगठनहरु बोल्नुपर्छ।'
नेता श्रेष्ठले केपी ओलीका कारण नेकपा राजनीतिक र सांस्कृतिक रूपमा समेत भ्रष्टिकरण भएकोले एमालेसँग सम्बन्ध बिच्छेद गर्नुपरेको धारणा राखेको अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले जानकारी दिए।
माओवादी (क्रेन्द्र) का नेता हितमान शाक्यसहित केन्द्रिय नेताहरू नारायण दाहाल र दिलिप प्रजापतिले प्रशीक्षण दिएको बैठकलाई अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ ,महासचिव उत्तम अधिकारी, सचिव पवन कार्कीसहित पूर्व अध्यक्षहरू लेखनाथ न्यौपाने र रत्न ढकालले सम्बोधन गरेका थिए।