प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको नाराबाजीबीच प्रतिनिधि सभा बैठकमा बजेटका पूरक विधेयकमाथिको छलफल अघि बढेको छ।
प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक पारित भएको छ। अहिले राष्ट्र ऋण उठाउने विधेयक माथि छलफल भइरहेको छ।
त्यसअघि राष्ट्रिय सभाबाट बजेट पारित भएर आएको सूचना प्रतिनिधि सभामा पढेर सुनाइएको थियो। नेकपा एमालेका सांसदहरू नाराबाजी भए पनि विधेयक आजै पारित गर्ने तयारी छ।
राष्ट्रिय सभाबाट बजेट पारित भएर आएको सूचना प्राप्त भएसँगै अब राष्ट्रपतिसमक्ष सभामुखले विधेयक प्रमाणिकरणका लागि पठाउने छन्। राष्ट्रपतिले बजेट प्रमाणिकरण गरे सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी जारी छ। उनीहरूले सभामुखले भेदभाव गरेको आरोप लगाइरहेका छन्।
उनीहरूले माधवकुमार नेपाल सहितका सांसदहरूलाई बैठकमा निषेध गर्न नारा लगाइरहेका छन्। सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्।
सबै तस्बिर: निशा भण्डारी
हेर्नुस् लाइभ: