सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।
यसअघि मंगलबार पनि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज गठबन्धन बैठकमा मन्त्रिमन्डल विस्तारबारे छलफल हुने बताए।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति छ।
अरु दलले नाम दिन नसकेमा कांग्रेस र माओवादी केन्द्रबाट मात्रै भए पनि केही मन्त्रीहरुको टुंगो लगाउने तयारी भएको छ।