सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद्को निर्णय पत्रकारहरूलाई सुनाएका थिए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।
'राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छ,' उनले भने।
फिर्ता हुने राजदूतहरुमा महेन्द्रबहादुर पाण्डे (चीन), निलाम्बर आचार्य (भारत), लोकदर्शन रेग्मी (बेलायत), युवराज खतिवडा (अमेरिका), बंशिधर मिश्र (वंगलादेश) अञ्जान शाक्य (इजरायल), प्रतिभा राणा (जापान), उदयराज पाण्डे (मलेसिया), शर्मिला पराजुली ढकाल (ओमान), नारदनाथ भारद्वाज (कतार), निर्मलकुमार, विश्वकर्मा (दक्षिण अफ्रिका), दाबा फुटी शेर्पा (स्पेन) रहेका छन् ।