नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा रूपान्तरणका लागि २४ बुँदा अगाडि सारेका छन्।
मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा शर्मा महामन्त्री पदमा लड्ने भएका छन्।
शर्माले आज झापाबाट राजनीतिमा रूपान्तरणका लागि २४ बुँदा अगाडि सार्दै अब राजनीतिमा परिवर्तन आउनुपर्ने बताए। शर्माले गत भदौ २४ मा महामन्त्री पदमा लड्ने घोषणा गरेका थिए।
शर्माले राजनीतिमा आकर्षण हुनुपर्ने बताए। पुस्तान्तरणका लागि संविधानमै व्यवस्था राखिनुपर्ने उनको भनाइ थियो। राजनीति असहिष्णु हुन नहुने बताए।
यस्तो छ शर्माको धारणा: