राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोरखामा सबै तहको अधिवेशन सकेको छ।
जिल्ला अध्यक्ष सुदीप ढकाल भए। भगवानदास मल्ल, अम्बिका रूपाखेती, रामराज कोइराला र रामबाबु अर्याल पनि अध्यक्षका आकांक्षी थिए।
अधिवेशनले मानबहादुर श्रेष्ठ, राममाया केसी, पानमाया सिंखडा, कल्पना राना, माया खनखवास, दिपक देवकोटा, राम पनेरु, ईश्वर बस्नेत, ज्ञानेन्द्रजंग शाह, तोत्रबहादुर बस्नेत, तोपबहादुर पाठक, विष्णुप्रसाद पोखरेल, दयाराम पोखरेल, हरिराम अधिकारी, डिल्लीराम पोखरेल पुजन, कृष्ण श्रेष्ठ, अविनास कोइराला, दुर्गाभक्त कुमाललगायत ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ।
राप्रपाले वडा, गाउँ/नगर, प्रदेश क्षेत्र, संघीय क्षेत्रको अधिवेशन गरी मंगलबार जिल्ला अधिवेशन सकेको हो।
संघीय क्षेत्र नम्बर १ मा हरिराम अर्याल, २ मा उमानिधि पाण्डे, प्रदेश क्षेत्र नम्बर १ (क) मा नेत्रबहादुर थापा मगर, (ख) मा रामकुमार खड्का, प्रदेश क्षेत्र नम्बर २ (क) मा सुशील पन्त, (ख) मा कुलबहादुर बस्नेत अध्यक्ष चयन भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले गोरखाका सबै स्थानीय तहमा पनि नयाँ नेतृत्व चयन गरिसकेको छ। राप्रपाले कार्तिक २७ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने बताएको छ। महाधिवेशनमा गोरखाबाट ५४ जना प्रतिनिधि सहभागी रहनेछन्।