प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजी आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
आजको बैठकमा सरकारले आर्थिक अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले प्रतिनिधि सभा बैठक सुरू हुनासाथ अवरोध गरेका थिए।उनीहरूले ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।
नाराबाजी गरिरहेका एमाले सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले पटक-पटक बैठक सहज रूपमा चल्न दिन अनुरोध गरेका थिए।
एमालेले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही गरेको सूचना नटाँसेको र उनीहरूले नयाँ पार्टी खोलेको भन्दै एमालेले संसदमा अवरोध गरेको हो।
यसअघि उनीहरूले बुधबारको बैठकमा पनि अवरोध गरेका थिए।