बुधबार एमाले सांसदहरुको नाराबाजीका वावजुत प्रतिनिधिसभामा राजनीतिक दलसम्वन्धी अध्यादेश प्रस्तुत भएको छ।
नाराबाजीका वावजुत गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्न सभामुख अग्नि सापकोटाले समय दिएका थिए।
गृहमन्त्री खाँणले समय पाएपछि सुरक्षाका लागि मर्यादापालक रोस्ट्रममा उक्लिएका थिए।
नेकपा एमालेका सांसदहरूले खाँणलाई रोस्ट्रममा पुग्न रोक्न खोजे पनि सफल भएनन्। मर्यादापालकहरूले एमाले सांसदहरूलाई रोस्ट्रममा रहेको खाली स्थानको प्रतिपक्ष तर्फको बीचमै बार लगाएर रोकिदिएका थिए।
एमालेले बैठकमा नाराबाजीसहित रोस्ट्रम घेराउ गर्यो। सो क्रममा सांसद गंगा चौधरी रोस्ट्रममा जान थालेपछि मर्यादापालकसँग ‘ठेलमठेल’ भएको थियो।
हेर्नुस् तस्वीरमा
सबै तस्वीर- निशा भण्डारी/ सेतोपाटी