नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाल मुश्लिम संघले धर्ना दिएको छ।
संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मुश्लिम महाधिवेशन प्रतिनिधि सुनिश्चितलगायत विषयमा माग पूरा गर्न धर्ना दिइएको हो।
‘प्रदेश सभा र प्रतिनिधि सभालगायतमा मुश्लिम प्रतिनिधिको सुनिश्चितता हुनुपर्छ। सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै हामी धर्नामा बसेका हौं,’ उनले सेतोपाटीसँग भने।
धर्नामा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरलगायत पनि छन्।