नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशमा रहेका १२ वटै जिल्ला कमिटीलाई पूर्णता दिएको छ।
पार्टीका उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटीसहित सबै जिल्ला कमिटीमा नेतृत्वलाई पूर्णता दिएको हो।
बैठकले एमाले कार्यदलले तयार गरेको दश बुँदे सुझाव कार्यान्वयन गर्न प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको हो।
बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का, सचिवमा भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ भने कार्यालय सचिवमा बलराम अधिकारीलाई जिम्मेवारी दिएको छ।
बैठकले सबै कमिटीलाई जेठ २ को अवस्थामा फर्काउने एमाले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै नेकपा एकतापछि जोडिएका नेता/कार्यकर्तालाई उचित व्यवस्थापनको खाका बनाइएको छ।
१५ असारमा एमाले स्थायी कमिटी बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो। सोही निर्णय जिल्लास्तरमा समेत कार्यान्वयनमा लैजाने गरी निर्णय भएको नेता भूमिश्वर ढकालले जानकारी दिए।
जेठ दुईअघि एमालेका जिल्ला अध्यक्ष रहेका १२ जिल्लामध्ये १० जिल्लाका अध्यक्ष पार्टी विभाजनपछि पनि एमालेमै छन्।
यसअघि तटस्थ रहेका दाङका अध्यक्ष टिकाराम खड्का पनि एमालेमै खुलेका छन्।
बर्दिया र रोल्पाका एमाले अध्यक्षमात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन्। कमिटीमा नेकपा एकतामा माओवादीबाट आएका नेताहरूलाई पनि सोहीअनुसारको जिम्मेवारीमा व्यवस्थापन गरिएको एमालेले जनाएको छ।
को-को आए नेतृत्वमा ?
रुपन्देही
अध्यक्ष: शिवराज सुवेदी,
उपाध्यक्ष: पुरुषोत्तम घिमिरे,
सचिव: जागेश्वरी चौधरी,
उपसचिव: गोपाल राना
दाङ
टिकाराम खड्का: अध्यक्ष
हुकुम बस्नेत: उपाध्यक्ष
मनोहर बुढाथोकी: सचिव
कृष्ण भुसाल: उपसचिव
बर्दियाः
लालबहादुर श्रेष्ठ: अध्यक्ष
शालिकराम अधिकारी: उपाध्यक्ष
पदम ढकाल: सचिव
नुतन चौधरी: उपसचिव
बाँकेः
निरक गुरुङ: अध्यक्ष
किस्मत कक्षपती: उपाध्यक्ष
रत्न खत्री: सचिव
प्रमोद धिताल: उपसचिव
रोल्पा
बालाराम बुढा: अध्यक्ष
विजय घर्ती: उपाध्यक्ष
निमप्रसाद रोका: सचिव
राजेन्द्र वुढाथोकी: उपसचिव
रुकुम पूर्व
टोपबहादुर वली: अध्यक्ष
रुजिधन घर्तिमगर: उपाध्यक्ष
लिलामणि गौतम: सचिव
तेजेन्द्र वुढामगर: उपसचिव
प्युठान
तुलसी शर्मा: अध्यक्ष
हुकुम खडका: उपाध्यक्ष
मोहन जिसी: सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने।
अर्घाखाँची
चेतनारायण आचार्य: अध्यक्ष
जिवनारायण कोइराला: उपाध्यक्ष
तोजवहादुर रायमाझी: सचिव
प्रेम गैरे: उपसचिव
गुल्मी
मधुकृष्ण पन्त: अध्यक्ष
वालसिं काउछा: उपाध्यक्ष
सोमप्रसाद सापकोटा: सचिव
धर्म विक: उपसचिव
पाल्पा
नारायण आचार्य: अध्यक्ष
मोहन थापा: उपाध्यक्ष
ओजबहादुर घर्ती: सचिव
कमल पाण्डे: उपसचिव
पश्चिम नवलपरासी
तुलसी पासी: अध्यक्ष
डोलराज भण्डारी: उपाध्यक्ष
थानप्रसाद गैरे: सचिव
राजन आचार्य: उपसचिव
कपिलवस्तु
झविलाल पोखरेल: अध्यक्ष
वावुराम खनाल: उपाध्यक्ष
वावुराम आचार्य: सचिव
विश्राम चौधरी: उपसचिव