सरकारले बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने भएको छ।
सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको बताए।
'नेपालको लोकतान्त्रिक स्थापनाका लागि आजीवन र अनरवत संघर्षरत रहेका प्रजातान्त्रिक योद्धा स्वर्गीय बिपी कोइरालाको नाममा बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने,' उनले मन्त्रिपरिषदका निर्णयबारे पत्रकारहरूसँग भने।