नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच समसामयिक पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले जानकारी दियो।
करिब आधा घन्टा भएको छलफल सरकारमा सहभागिता तथा सरकारका कामबारे बारे केन्द्रित थियो।
यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट अलग भएका माधव नेपालले पार्टी दर्ताको प्रमाणपत्र पाएकै दिन मन्त्रिपरिषद विस्तार हुने भनिए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता पाएको छैन।