विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गर्नेलाई सरकारले प्रोत्साहन स्वरूप एक लाख रूपैयाँ दिने भएको छ।
बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकार प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आरोहीहरूलाई सरकारले एक लाख रूपैयाँ दिने निर्णय गरेको बताए।
पाकिस्तानमा रहेको सो हिमाल आरोहण गर्ने नेपाली पर्वतारोहीहरूलाई सरकारलाई नगद दिन लागेको हो।
१० जनाको टोलीमा रहेका प्रत्येक पर्वतारोहीहरूलाई एक लाख रूपैयाँ दिन लागेको हो।
उनीहरूले जाडो याममा केटू आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए।
यो पनि: विश्वको दोश्रो अग्लो हिमाल केटुमा १० नेपालीले रचे इतिहास, हिउँदमा पहिलो पटक आरोहण