सरकारले हुम्ला सीमा क्षेत्रमा आएका समस्याबारे अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लुमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय भएको उनले बताए।
यस्तै, सरकारको कोभिडविरूद्धको खोप क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ।