प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गर्दै अन्तर पार्टी निर्देशन जारी गरेको छ ।
निर्देशनमा विभाजनकारी गतिविधिविरूद्ध सशक्त विरोध गर्न भनिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता जोगाउन नसकिएको भन्दै निर्देशनमा कुनै हिसाबले विगतमा यस्तो गतिविधिमा संलग्न भएको भए पनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिन तयार हुनेलाई बिना भेदभाव पार्टीमा स्वागत गर्ने निर्णय गरेको उल्लेख छ।
यसैगरी सभामुखले पार्टी तथा दलको निर्णय, निर्देशन र ह्वीप उल्लंघन गरेवापत दलका सदस्यहरूलाई गरिएका कारबाहीको आफ्नो पार्टीको सूचनालाई बेवास्ता गर्दै विभाजनका लागि सहयोग पुर्याएको भन्दै सभामुखको भूमिकाको विरोध गर्ने निर्णय गरेको छ।
यस्तै एमालेको विभाजन रोक्न गरिएको दस बुँदे प्रस्ताव कार्यान्वयनको सहजीकरण गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको समेत निर्देशनमा भनिएको छ।
हेर्नुहोस् एमालेको अन्तर पार्टी निर्देशन यस्तो छ-