नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने तयारी गरेका उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोलेका छन्।
शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्।
सम्पर्क कार्यालयमा निधिका समर्थक/शुभेच्छुक नेता/कार्यकर्ताको उपस्थित थिए।
निधि यसअघि सभापति शेरबहादुर देउवाको समूहमा थिए। यसपालि देउवाले आफूलाई सभापति सघाउनु पर्ने उनको माग थियो। देउवाले आफू नै एक पटक फेरि सभापति उठ्ने बताएपछि निधिले देउवासँग प्रतिष्पर्धा गर्ने निर्णय गरेका हुन्।
पटक-पटक सर्दै आएको कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुँदैछ।