नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक सुरू भएको हो।
बैठकमा १० बुँदे प्रस्ताव, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यमाथिको कारबाही विषयमा छलफल हुने केन्द्रीय कार्यालय शेरबहादुर तामाङले जानकारी दिए ।