जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दल विभाजनको अध्यादेश ल्याइएकोमा विरोध जनाएका छन्।
उनले सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रको हत्या भएको बताएका छन्।
मंगलबार साँझ ट्वीटरमा लेख्दै भट्टराईले संसद अधिवेशन अन्त्यग गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर राष्ट्रपतिकहाँ पठाएका थिए। भट्टराईले ओली गए पनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको बताए।
‘गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस्,’ भट्टराईले भनेका छन्।