राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुम हरिशंकर मिश्रलाई पद तथा गोपनियताको सपथ खुवाएकी छन्।
महोत्तरीका मिश्रलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ अनुसार प्रदेश प्रमुखका रूपमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको उपस्थिति थियो।
महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए ।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको थियो।