नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा पेश गरेको श्वेतपत्रलाई आरोपपत्रको संज्ञा दिएका छन्।
प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले 'देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी होइन, अघिल्लो सरकारको तथ्यहिन आलोचना र विरोधमा केन्द्रीत आरोपपत्रका रुपमा' श्वेतपत्र आएको बताए।
दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा श्वेतपत्र पेश गरेका थिए।
'सत्तापक्ष र विपक्षका बीचमा नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्तछ', पौडेलले भने, 'मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कका बारेमा कुनै बिमति हुनु हुँदै । आफ्नो आग्रह पुष्टि गर्न तथ्याङ्को गलत प्रयोग वा तोडमरोड गर्नुहुँदैन ।' उनले पछिल्लो पटक नेपालमा गरिबी १७ प्रतिशतमा झरेको उल्लेख गरे । त्यस्तै कोभिड महामारीका बीचमा पनि मेलम्ची, अपर तामाकोशी, पोखरा तथा लुम्बिनी विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न भएका र सम्पन्न हुने चरणम पुगेका दावी गरे।
हेर्नुहोस् भिडिओ-