जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले आज दुई जिल्लामा कार्यकर्ता भेला गर्ने भएको छ।
चार दिनदेखि विभिन्न जिल्लामा भेला गरिरहेको ठाकुर पक्षले आज बर्दिया र नवलपरासीमा भेला गर्न लागेको हो।
बर्दियामा एकवाल अहमद र सुनिल रोहिल्लेले सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै नवलपरासीमा वरिष्ठ नेता राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्लले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। त्यसपछि ठाकुर पक्षले विभिन्न जिल्लामा भेला गर्दै आएको छ।