सत्तारूढ नेपाली कांग्रेसका तीन जना सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीको अवस्था, कोभिड-१९ ले उनीहरूलाई पारेको समस्या र उनीहरूका समस्या समाधान गर्न सरकारको योजनालगायत विषयमा छलफल गर्न जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
सांसद डिला संग्रौला पन्त प्रस्तावक र सांसदहरू प्रमिला राई र रामबहादुर बिष्ट समर्थक रहेको सो प्रस्ताव शुक्रबार संघीय संसद सचिवालयमा दर्ता भएको छ।
प्रस्तावमा कोभिडका कारण वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने, रोजगारी गुमाउने र स्वदेश फर्कनेहरूको तथ्यांक र अवस्थाबारे छलफल गर्न अत्यावश्यक रहेको उल्लेख गरिएको छ।