नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।
बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुनेछ।
एमालेमा आन्तरिक एकताका लागि यसअघि स्थायी कमिटी बैठक स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो।
तर शनिबार बेग्लाबेग्लै स्थानमा भएका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काको आलोचना गरेका थिए।
विवाद समाधान गर्ने पहल भइरहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एकअर्काको आलोचना गरेका छन्।
वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियतअनुसार अध्यक्ष हुनुपर्ने बताइरहेका छन्।