नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।
बैठकमा सुवास नेम्वाङले माधव नेपाल पक्षसँग भइरहेको वार्ताबारे जानकारी दिएका थिए।
‘नेम्वाङले वार्ता सकारात्मक भइरहेको जानकारी दिनुभयो। भोलि फेरि बसौं भनेपछि बैठक स्थगित गरिएको हो’, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने।
बैठक केहीबेर बसेर भोलि फेरि ३ बजे बस्नेगरी स्थगित भएको तामाङले बताए।
यसअघि विघटित कार्यदलका सदस्यहरूको अनौपचारिक बैठक बसेको थियो।
कार्यदलले तयार गरेको १० बुँदे सहमतिको कार्यान्वयन र दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको बताइएको थियो।