नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेबीच टेलिफोन कुराकानी भएको छ।
उनीहरूबीच शुक्रबार साँझ कुराकानी भएको भारतीय सेनाले ट्विट गर्दै जानकारी दिएको हो।
उनीहरूबीच द्वीपक्षीय सुरक्षाको विषयमा कुराकानी भएको भारतीय सेनाको ट्वीटमा उल्लेख छ।
प्रधानसेनापति थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन्।