प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच टेलिफोन कुराकानी भएको छ।
परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै मंगलबार देउवा र ब्लिन्केनबीच टेलिफोन कुराकानी भएको जनाएको हो।
ब्लिन्केन भारत भ्रमणमा छन्। उनीहरूबीच नेपाल र अमेरिकाबीच द्विपक्षीय साझेदारीलगायत विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, देउवा र ब्लिन्केनबीच अमेरिकाले सहयोग गरेको १५ लाख डोज कोरोनाभाइरसको खोप तथा जलवायु परिवर्तनका विषयमा पनि कुराकानी भएको परराष्ट्रले जनाएको छ।