प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ।
दिउँसो साढे तीन बजेदेखि मन्त्रिपरिषद बैठक सुरू भएको बताइएको छ।
प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरू फेर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद बैठक बसेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्री पम्फा भुसाल र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।
बैठकको एजेण्डाबारे भने सचिवालयले खुलाएको छैन।