सरकारले विभिन्न आयोगका लागि अस्थायी दरबन्दीमा कर्मचारी राख्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्तै सोही आयोगको प्रादेशिक मुकामका लागि २१ जना कर्मचारी दरबन्दी स्वीकृत भएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरिएको हो।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आयोगको म्याद समाप्त भएपछि स्वत: खारेज हुने गरी चालु आर्थिक वर्ष २०७८/०७९ को लागि कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ।