बहिर्गमित जनमुक्ति सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनिहरूले आफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन्।
बहिर्गमित जनमुक्ति सेना नेपाल प्रवक्ता तथा उपाध्यक्ष राजन थापा (सुवास) ले बिगत लामो समयदेखि उठाउँदै आएको मागमुद्दा बारे र अघिल्लो केपी ओली सरकारले गरेको निर्णय लोकतान्त्रिक योद्दा अभिलेखिकरण सम्मान समिती निर्माण गरि गरिएको सम्मानलाई निरन्तरता दिई अगाडि बढाई ब्यबस्थापन सहित सम्बोधन हुन बाँकी रहेका बुँदाहरु कार्यान्वयन मा लैजाने विषयमा छलफल भएकाे बताए।
तत्कालीन नेकपा माओवादीले सुरू गरेकाे १० वर्षे जनयुद्व पश्चात् शान्ति सम्झौता र नेपाल सरकार र माओवादीबीच अनमिनले गरेकाे प्रमाणिकरणमा ४००९ जनालाई २०६६ सालमा अयाेग्य ठहर गर्दै बिना सम्मान घर पठाएपछि उनीहरू रुष्ट बन्दै आईरहेका छन्।
तत्कालीन युद्वका कमान्डरहरू उपराष्टपति, प्रधानमन्त्री र मन्त्रीहरू बन्दै आईरहेका छन् तर ती अयोग्य जनसेनाबाट बन्नेका मन्त्रीहरू याेग्य र हामीहरूलाई लगाएकाे बिला चाहिँ सधै अयोग्य उनिहरूकाे प्रश्न गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएकाे छलफल सकारात्मक भएकाे उपाध्यक्ष थापाले जानकारी दिए ।
उपाध्यक्ष थापाका अनुसार प्रधानमन्त्रीले बाँकी अधुरो शान्ति प्रकृयालाई पूर्णता दिन र बहिर्गमित जनमुक्ति सेना नेपालले उठाउँदै आएको मागमुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताए।
बहिर्गमित जनमुक्ति सेना नेपाल आफ्ना माग र मुद्दाको सम्बन्धमा पटकपटक सडक संघर्षरत रहदै आएकाे छ।