राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले यो नियमित भेटवार्ता भएको जिकिर गरे।
पद तथा गोपनियताको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
यसअघि राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेकी थिइन्।