गृहमन्त्री बालकृष्ण खाँणले लामो समयदेखि अवरूद्ध लमजुङ-मनाङ सडक खुलाउन निर्देशन दिएका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू, गृहसचिव उपस्थित बैठकमा गृहमन्त्री खाँणले बाढीपहिरोपछि अवरूद्ध रहेको मनाङ जोड्ने सडक खुलाउन निर्देशन दिएका छन्।
सोमबार बसेको बैठकमा गृहमन्त्री खाँणले प्राविधिक टिम बनाएर सडक खुलाउने काम थाल्न गृहसचिवमार्फत् निर्देशन दिएका थिए।
साथै अत्यावश्यक औषधि र खाद्यान्न ढुवानी गर्न सहजीकरण गर्न पनि गृहमन्त्री खाँणले निर्देशन दिएका छन्।
वेशीसहरबाट हेलिकप्टरमार्फत् भए पनि औषधिलगायत अत्यावश्यक सामग्री मनाङमा पुर्याउन गृहमन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।
उनले छिटोभन्दा छिटो सडक खुलाउन निर्देशन दिएका छन्। जेठदेखि नै लमजुङ जाने सडकखण्ड अवरूद्ध छ। बाढीले पुलहरू पनि क्षति पुर्याएको छ।