नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै निरंकुश प्रवृत्तिमा अंकुश लागेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा भवनबाहिर पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेता नेपालले सरकारमा सहभागी हुने/नहुने विषयमा कुनै प्रतिक्रिया दिएनन्।
'आज निरंकुश प्रवृत्तिमा अंकुश लागेको हो', नेता नेपालले भने।
माधव नेपालसहित एमालेका २२ सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद भने तटस्थ बसेका छन्।