पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद् भवन पुगेका छन् ।
पहिलो बैठकमा अनुपस्थिपत भएका ओली दोस्रो बैठक सुरु हुनुपहिले संसद् भवन प्रवेश गरेका हुन्।
प्रतिनिधिसभा आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । देउवालाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल समूहलगायतले मत दिने भएका छन्। सर्वोच्च अदालतको आदेशपछि देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।