प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि विश्वासको मत मागेका छन्।
प्रधानमन्त्री देउवाले आज पत्र पठाउँदै विश्वासको मत दिन भनेका हुन्।
प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पठाएको पत्रमा आइतबार प्रतिनिधि सभा बैठक बस्ने र त्यहाँ विश्वास मतको प्रस्तावका पक्षमा मत दिन आग्रह गरिएको छ।
देउवाले अध्यक्ष ठाकुर र उनी पक्षका सांसदबाट विश्वासको प्रस्तावका पक्षमा मत मागेका छन्।
अध्यक्ष ठाकुर पक्ष निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो।