नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा तेजबहादुर रावललाई नियुक्त गरेका छन्।
कञ्चनपुरका रावल अधिवक्ता हुन्। उनलाई सभापति देउवाले आइतबार नियुक्त गरेका हुन्।
निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले राजीनामा दिएपछि उक्त ठाउँमा रावललाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
खाती महान्यायाधीवक्ता नियुक्त भएका थिए।